Section 6
भेदभाव गर्न नहुने
(१) रोजगारदाताले श्रमिकलाई धर्म, वर्ण, लिङ्ग, जात जाति, उत्पत्ति, भाषा वा
वैचारिक आस्था वा अन्य त्यस्तै आधारमध्ये कुनै कुराको आधारमा भेदभाव गर्न पाइने छैन ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको कार्यलाई भेदभाव
गरेको मानिनेछैन ः–
(क) काम वा सेवाको अन्तर्निहित आवश्यकताको आधारमा कुनै व्यक्तिलाई
रोजगारीमा प्राथमिकता दिने,
(ख) गर्भवती श्रमिकलाई पारिश्रमिक र सुविधामा कटौती नगरी निजको
शारीरिक अवस्था अनुसार सहज र उपयुक्त काम वा सेवामा लगाउने वा
(ग) शारीरिक अपांगता भएको श्रमिकलाई निजको शारीरिक अवस्था
अनुकूलको कार्य जिम्मेवारीमा प्राथमिकता दिने ।